Loktantra Khabar National Weekly
Ad

रमजान पर्व मनाउन मलंगवाका सय विपन्न मुस्लिम परिवारलाई खाद्यान्न सामाग्री वितरण

लोकतन्त्र खबर
३ चैत्र २०८१

लोकतन्त्र समाचारदाता—-
सर्लाही,चैत ४
रमजान पर्वको अवसरमा नेपाल मुस्लिम शान्ती समाज मलंगवाले मुस्लिम परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।
मुस्लिम समुदायको सबैभन्दा ठूलो र कठोर पर्वको रुपमा रहेको एक महिने रोजा मनाउन सहज होस् भन्ने उदेश्यले मुस्लिम समुदायका अती गरिब तथा  विपन्न  घरपरिवारलाई प्रति परिवार २५ सय रुपैयाँ बराबरको खाद्यान्न सामाग्री वितरण गरिएको हो। प्रति घरपरिवार सो मुल्य बराबरको  चामल,दाल,चिनी,खाने तेल,नुन,सेबई, खजुर,छहोरा लगायतका खाद्यान्न सामग्री वितरण गरिएको युवा समाजसेवी  समिरुद्दिन मिकरानीले जनाएको छ।
खाद्यान्न सामग्रीले बिपन्न परिवारलाई पर्व मनाउन सहयोग हुने साथै  केही आवश्यकता भए पनि पुरा हुने संस्थाले बताएका छन् ।
रमजान पर्वको लागि भनेर मलंगवा नगरपालिका वडा न-३ मा बसोबास गर्ने झण्डै एकसय जना मुस्लिम घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको थियो।
मलंगवा -३ स्थित गौसिया मस्जिद नजिक आयोजना गरिएको वितरण कार्यक्रममा मलंगवाका निवर्तमान उपप्रमुख शान्ती शबनम मिकरानी ,वडा अध्यक्ष प्रमोद राय यादव,समाजसेवी डा. अब्दुल रहिम मिकरानी ,मनपा का लेखापाल जमसैद मिकरानी लगायत स्थानीय बुद्धिजीवी तथा संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: