Loktantra Khabar National Weekly
Ad

बाढीपीडितकाे अवस्था बुझन पुर्ब प्रदेश प्रमुख अहिराज सर्लाहीमा

लोकतन्त्र खबर
१५ आश्विन २०८१

अमिषा कायस्थ सर्लाही १५ असाेज ।

मधेश प्रदेशका पुर्ब प्रदेश प्रमुख राजेश अहिराज बाढपिडितकाे अवस्था बुझन अाज स्थलगत निरिक्षण गर्नु भएकाे छ ।

असाेज १२ गते अाएकाे बाढीले गर्दा सर्लाहीको ४ वटा पालिकामा क्षति पुर्याएकाे छ ।

असाेज ८ गते देखि परेकाे अबिरल बर्षाका कारण असाेज १२ गतेका दिन कुले खानी बिधुत परियोजनामा रहेका डयामकाे ढाेका खाेले पछि बागमती खाेलामा ठुलाे बाढ अाएकाे थियाे ।

त्यो बाढले गर्दा सर्लाही जिल्लाको बलरा नगरपालिका, रामनगर गाउँपालिका, धनकाैल गाउँपालिका र बसवरिया गाउपालिकाका केही वडाहरूमा ठुलाे क्षति पुर्याए । घरहरू पानीमा डुबेकाे छ ।

३ दिन देखि भाेखै बस्नु परेकाे बाढ पिडित स्थानीय जनताहरूले अहिराज समक्ष गुनासाे गरे । सरकारी स्तर बाट कुनै पनि प्रकारकाे राहत नपाएकाे उनीहरूले बताए ।

यधपी मधेश प्रदेश सरकारले बाढीपीडितहरूकाे सहयाेगका लागि ठुलाे राहत दिने घाेषणा गरे पनि अाम जनता भाेखभाखै बस्नु परेकाे स्थानीयहरूले बताए ।

अाम जनता बाढीपीडितहरू समस्या भाेगि रहेकाे छ, भने यता प्रदेश बिपत व्यबस्थापन समिति मिटिंग माथि मिटिंग गरेर मात्र बसेकाे प्रती पुर्ब प्रदेश प्रमुख अहिराजले दुख व्यक्त गर्नु भयाे ।

बाढपिडित जनताहरू राहतकाे प्रखाइमा टाेलाएर बसेकाे छ । स्थानीय जनतामा निरासा छाएकाे छ ।

बाढीपीडित क्षेत्रहरूमा खानबसन कठिनाइ भईरहेकाेले यश क्षेत्रहरूमा महामारीकाे जाेखिम समेत बढदै गएकाेले बाढीपीडितहरूकाे समस्या समाधानका लागि छिटो भन्दा छिटाे पहल गरिदिन अहिराजले सराेकारवाला निकाय संग आग्रह गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस्: