मनोज यादव—- सर्लाही,असोज १५
तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले पारेको प्रभाव बारे बुझ्न मधेस प्रदेशका मन्त्री तथा संघीय सांसदहरूसहिको टोलीले सर्लाही क्षेत्र न-२ का बाढ ग्रस्त क्षेत्रमा अनुगमन गरेका छन् ।
मदेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय,उर्जा,सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादव, संघीय सांसद महेन्द्र राय यादव,प्रदेश सांसद जंगिलाल राय, कौडेना गाउँपालीका प्रमुख रूपेश कुमार यादव समन्धित वडाअध्यक्ष लगायतले लखनदेही नदीले गरेको कटान तथा क्षतिको स्थलगत अनुगमन गरेका छन् ।
मन्त्रीसहितको टोलीले क्षेत्र नम्बर २ अन्तर्गत मलंगवा नगरपालिकाको वडा न-५ भाँडसर,वडा न-६ खुटौना तथा कौडेना गाउँपालिका वडा न-१ सुखचैना,वडा न-५ छपकहिंया र वडा न-७ सक्रौल लगायत बाढ प्रभावित गाउँहरुको स्थल गत निरीक्षण गरेका हुन।
प्रत्येक वर्ष वर्षा याममा खोलामा बाढी आउँदा लखनदेही किनारका बासिन्दाहरुले ठूलो जनधनको क्षति बेहोर्दै आएका छन् ।
यस क्षेत्रको सयौं बिगहा जमिन बाढीले कटान गरिसकेको छ। लखनदेही मात्र नभइ बागमती,झिम फुलजोर लखनदेही खोलाले समेत खेती योग्य जमिनहरु कटान गरिसकेको छ।
मधेश प्रदेश सरकारले अविरल वर्षाले पुर्याएको क्षति बापत पीडितहरुलाई राहत,पुनःस्थापना र बाढीले भत्काएको सडकहरुको निर्माण तथा तटबन्धको लागि प्रदेशको आठवटै जिल्लाहरुको लागि १५ करोड रुपैयाँ छुट्याइएको यातायात मन्त्री रायले जानकारी गराउनु भएको छ।