Loktantra Khabar National Weekly
Ad

रेन्जर र कर्मचारीहरुकै मिलोमतोमा सर्लाहीको वन मासिदै

लोकतन्त्र खबर
१३ भाद्र २०८१

विद्यानन्द राय—

जिल्ला वन कार्यालय सर्लाहीका कर्मचारीहरुकै मिलेमतोमा बन जंगल मासिदै गएको छ।

दिनानुदिन बन जंगल फडानी भइरहँदा पनि कर्मचारीहरु कानमा तेल हालेर जागिर पकाई रहेका छन्।

वन कार्यालयका कर्मचारीहरु र रेन्जरसँगको मिलेमतोमा काठ तश्करहरुले वन फडानी गरिरहेको स्थानियवासीहरुले बताएका छन्।

सर्लाहीको मूर्तिया, जानकीनगर, लालवन्दी,घारीबथान लगायत क्षेत्रका जगंलवाट बन्चरोसहित प्रवेश गरेका स्थानिय ब्यक्तिहरुले दाउराको नाममा हरियो रुख काटेर ल्याउँदा पनि कर्मचारीहरुले कुनै कार्यवाही नगर्नु,देखे पनि नदेखेको जस्तो गर्नुले सर्लाहीका बन दिनानुदिन केही व्यक्तिहरुको कमाई खाने भाँडो बनेको छ।

हुनत दर्जनौको संख्यामा स्थानिय महिला तथा पुरुषहरु दाउरा काटने बहानामा हरियो रुखनै काटेर बजारमा बिक्री गरिरहेका छन् ।

इलाका बन कार्यालय मुर्तिया, जानकीनगर, लालबन्दी, घारीबथानका रेन्जरहरु गस्तीमा नगई दिनँहु आफ्नै निजी काममा व्यस्त रहने गरेको स्रोतले जनाएको छ।

यस वारेमा जिल्ला वन कार्यालय सर्लाहीका प्रमुख मन्जुर अहमद सँग फोन मार्फत सम्पर्क गर्न खोज्दा उहाँसँग सम्पर्क हुन् सकेन ।

प्रतिक्रिया दिनुहोस्: