![](https://www.loktantrakhabar.com/wp-content/uploads/2024/08/455677359_8530454213665217_174365612672231077_n.jpg)
लोकतन्त्र समाचारदाता— सर्लाही,भदौ २
सर्लाही प्रहरीले जिल्लाको नेपाल-भारत सीमावर्ती क्षेत्रमा संचालित अवैध भट्टीहरु नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय गडहीया र प्रहरी चौकी मधुवनगोठबाट खटिगएका प्रहरी टोलीले सीमाक्षेत्रमा खोलिएका भट्टी पसलहरु भत्काएर त्यहाँ रहेका ११ सय ५० लिटर कच्चा घरेलु मदिरा, ४० लिटर तयारी मदिरा र मदिरा बनाउने भाँडा बर्तनहरु नष्ट गरेको छ।
सीमापारी भारतको बिहार राज्यमा त्यहाँका सरकारले मदिराको बिक्रीवितरणमा प्रतिबन्ध लगाएकाले सिमापारीबाट दैनिक हजारौं ब्गक्तिहरु मदिरा सेवन गर्न नेपाली बस्तीमा आउने गरेकाले सीमावर्ती क्षेत्रमा घरेलु मदिरा उत्पादन र बिक्री गर्ने भट्टीहरु संचालन भएका छन् ।
प्रतिक्रिया दिनुहोस्: