Loktantra Khabar National Weekly
Ad

कारमा मोटरसाइकल ठोक्किँदा सैनिक जवानको मृत्यु

लोकतन्त्र खबर
१६ श्रावण २०८१

भरतपुरमा कारमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।

मंगलबार राति भरतपुर–१ पोखरा बसपार्कबाट रामनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ३२८९ नम्बरको कारमा विपरीत दिशाबाट आइरहेको ग २० प ८३१८ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

मोटरसाइकलको लेगाडले कारमा लाग्दा मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको पर्खालमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए। दुर्घटनामा मोटरसाइकलमा सवार नम्बर २ विपद व्यवस्थापन गण रसौली ब्यारेकमा कार्यरत सिपाही तनहुँको भानु–१२ बस्ने २७ वर्षका निगम नेपाली सार्कीको मृत्यु भएको उनले बताए।

दुर्घटनामा तनहुँको बन्दिपुर–३ बस्ने २६ वर्षका दिनेश थापा गम्भीर घाइते भएका छन्। उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

कार र चालक धादिङको धुनिबेसी–७ बस्ने ४२ वर्षीय राजु भण्डारी प्रहीको नियन्त्रणमा छन्। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: