Loktantra Khabar National Weekly
Ad

कांग्रेसले टुंगायो १० मन्त्रीको नाम, गृहमन्त्री बन्दै रमेश लेखक

लोकतन्त्र खबर
३२ असार २०८१

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने १० जना मन्त्रीहरुको नाम टुंग्याएको छ ।

कांग्रेस नेता प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेस १० मन्त्रीसहित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन लागेको हो।

कांग्रेस स्रोतका अनुसार नेता सिंह उपप्रधानसहित सहरी विकास, रमेश लेखक गृह, आरजु राणा देउवा परराष्ट्र, अजय चौरसिया कानुन र दीपक खड्का ऊर्जामन्त्री बन्ने छन् ।

बाँकी पाँच जनाको मन्त्रालय अझै टुङ्गो लागिसकेको छैन । मन्त्रीमा भने रामनाथ अधिकारी, हृदयराम थानी, तेजुलाल चौधरी, प्रदीप पौडेल, ऐनबहादुर शाहीको नाम टुङ्गिएको छ ।

आज ११ बजे प्रधानमन्त्री ओलीले शपथ ग्रहण गर्ने कार्यक्रम छ । साना दल बाहेक कांग्रेस र एमालेबाट मन्त्री बन्नेको शपथ आजै हुनेछ ।अनलाइन नेपाल

 

 

प्रतिक्रिया दिनुहोस्: