Loktantra Khabar National Weekly
Ad

स्रोत नखुलेको २० लाख नगदसहित काठमाडौंबाट भारतीय नागरिक पक्राउ

लोकतन्त्र खबर
१३ असार २०८१

भेटियो ६ करोडको क्रिप्टोकरेन्सीको कारोबार

स्रोत नखुलेको २० लाख नगदसहित एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर १२ ब्रम्हटोलस्थित प्रतिक इन्टरप्राइजेजबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी घर भई ब्रम्हटोल बस्ने ३८ वर्षीय निरन्जन कुमार छन्।

गैरकानुनी रूपमा आर्थिक कारोबार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा मंगलबार खटिएको परिसरको टोलीले उनको अफिसको कोठाबाट २० लाख ४० हजार नगद बरामद गरेको हो।

उनीमाथि थप अनुसन्धान गर्नेक्रममा प्रहरीले क्रिप्टोकरेन्सी बाइनान्समा समेत लगानी गरेको खुलेको थियो।

बाइनान्समार्फत ६ करोड २६ लाख ६९ हजार ९४७ रुपैयाँको कारोबार गरेको भेटिएको हो।

उनीमाथि परिसरले थप अनुसन्धान गरिरहेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: