Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा दर्ता विना नै इट्टा उद्योगहरु संचालन हुदै

लोकतन्त्र खबर
१२ असार २०८१

विद्यानन्द राय
सर्लाही,असाढ ११

सर्लाहीमा अधिकांश ईट्टा उद्योगहरु दर्ता बिना नै संचालन भईरहेको पाइएको छ।

जिल्लामा संचालित इट्टा उद्योगहरु मध्ये कयौं उद्योगहरु अहिले पनि घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता नै नगराई गैर कानुनी तरीकाले संचालन भई रहेको पाइएको छ ।

जिल्लाको हरिऔन नगरपालिका र लालबन्दी नगरपालिकामा संचालित कयौ ईट्टा उद्योगहरु दर्ता बगैर निर्वाधरुपमा संचालन भई रहेका छन्।

सर्लाही मा अहिले सम्म १ सय ३४ वटा इट्टा उद्योगहरु घरेलु तथा साना उद्योग कार्यालय मलंगवा सर्लाहीमा दर्ता रहेका छ ।

तर ति दर्ता भएका उद्योगहरुले पनि वोर्ड नराखेको , भ्याटमा दर्ता नभएको , विल विजक नराखिएको पाईएको छ ।

यस वारेमा घरेलु तथा साना उद्योग कार्यालय मलंगवाका प्रमुख संजिव कुमार दुबे सँग सम्पर्क गर्दा उहाँले दर्ता नभएका इट्टा उद्योग तथा वोर्ड नराखेका उद्योगहरुलाई कानुन अनुसार कार्यवाही गर्ने बताउनु भयो। उहाँले मैले हालै जिल्लाका ५० वटा उद्योगहरुको अनुगमन गरेको छु ।

दर्ता नभएका उद्योगलाई छिटो दर्ता गराउन तथा विल विजन र वोर्ड राख्न निर्देशन समेत दिइसकेको दुबेले बताउनु भयो ।

घरेलु तथा साना उद्योग कार्यालय का कमप्युटर अपरेटर सरोज कुमार सिंहले इट्टा उद्योगहरु अहिले सबै स्थायी रुपमा संचालन भईरहेको बताए । उनले अधिकांश इट्टा उद्योगहरु कोइलावाट नै इट्टा पकाई रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्: