बखतियार अलि– सर्लाही १० असाढ
मलंगवा नगरपालिकाले आफनो १२ औं नगरसभा सोमवार देखि शुरु गरेको छ ।
आर्थिक वर्ष २०८१र२०८२ का लागि नीति कार्यक्रम पस्तुत गर्दै नगर प्रमुख नागेन्द्र प्रसाद यादवले ५६ करोड ७४ लाख २७ हजारको अनुमानित बजेट पेश गरेको छ । जसमा संघिय सरकार वितिय समानिकरण अनुदान तर्फ १३ करोड ७९ लाख रहेको छ ।
आन्तरिक आयबाट आम्दानी २ करोड ४० लाख तथा संघिय सरकारबाट राजस्व बाडफाडबाट १० करोड २८ लाख प्राप्त हुने अनुमान नगरपालिकाले गरेको छ । त्यस्तै संघिय सरकारको सशर्त अनुदान, पुजीगत अनुदान, बिशेष अनुदान गरि २२ करोड ५९ लाख ३३ हजार छ ।
मधेश प्रदेशबाट समानीकरण अनुदान, बिशेष अनुदान, समपुरक अनुदान र राजस्व बाफाडबाट २९ करोड ६६ लाख ६ हजार रहेको नीति कार्यक्रममा नगर प्रमुख यादवले प्रस्तुत गर्नु भयो । मालपोतबाट राजस्व बाटफाड गर्दा १ करोड २२ लाख ५० हजार आउने अनुमान गरिएको छ ।
नगरप्रमुख यादवको भनाई अनुसार आर्थिक वर्ष ०८१ । ०८२ मा नागरिकहरुबाट लिने कर, राजस्वमा भारि छुट दिएकोले पालिकाको आम्दानीमा गिरावट आउने छ । विधार्थीहरु्र उच्च शिक्षाका लागि बिदेश जादा लाखौ रुपैया पालिकालाई राजस्व आउने गरेको थियो ।
जुन अहिले पुरै घटाएर न्युनतम शुल्क लाग्ने गरि मात्र ३ हजार वा सो भनदा पनि कम कायम गर्ने हाम्रो नीति रहेको वहाले भने । त्यस्तै चारकिला सिफारिस गर्दा अब मलंगवावासीलाई मात्र ५ सय राजस्व तिर्नुपर्छ ।
एकमुष्ठ कर तिर्ने मलंगवावासीलाई अब हर्जाना, जरिवाना लाग्ने छैन । यो दुबै कुरा आउने वर्षमा हामिले मिन्हा गरि नीति ल्याउन लागेको वहाले बताए ।
करको दायरालाई संकुचित पार्दै आउने दिनमा फोहर व्यवस्थापन गरि रिसाईकलद्धारा फोहर बेचेर आम्दानी गर्ने योजनाहरु लागु गर्ने हामिले सोच बनाएको नगरप्रमुख यादवको भनाई छ ।
संघ तथा प्रदेश माथिको निर्भरतालाई कम गर्दै आउने दिनमा मलंगवा नगरपालिका आफै आम्दानी गर्ने तथा बेरोजगारलाई रोजगार दिने योजनाहरु अवलम्वन गर्दै जाने हाम्रो लक्षय रहेको प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले भने ।
मलंगवाका आमजनताको सल्लाह, सुझावलाई मनन गर्दै सबै वर्ग समुदायको हितलाई ध्यानमा राखि यसपालीको बजेट विनियोजन गरिएको अधिकृत सुवेदीको भनाई छ ।
कार्यक्रममा मलंगवा नगरपालिकाका सबै वडाका वडाअध्यक्ष तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
१२ औं नगरसभामा स्वागत मन्तव्य नगरपालिकाका प्रवतmा तथा वार्ड नं, १ का वडाअध्यक्ष नवलकिशोर रायले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सुचना अधिकारी राजकुमार अधिकारीले गर्नुभयो ।

