
लोकतन्त्र समाचारदाता—
सर्लाही,असाढ ६
सर्लाहीको बरहथवामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा बरहथवा नगरपालिका वडा न-१० बस्ने वर्ष २१ को आबोध ठाकुर रहेको प्रहरीले जनाएको छ।
बरहथवा-५ स्थित नेपाल टेलिकमको कार्यालयमा ज्यालादारी काम गर्ने ठाकुर र उनीसँगै काम गर्ने भाई आनन्द ठाकुर बिहिबार बिहान करिव ११ बजे करेन्ट लागेर घाइते भई उपचारका लागि बरहथवा स्थित एडभान्स संजिबनी अस्पतालमा लगिएकोमा गम्भीर घाइते भएका आबोधको उपचार त्यहाँ सम्भव नभएपछि हरिवन स्थित सरस्वती अस्पतालमा लगिएको र त्यहीँ उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए।
करेन्ट लागेर उनीसँगै घाइते भएका भाइको उपचार बरहथवा स्थित एडभान्स संजिबनी अस्पतालै भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्: