Loktantra Khabar National Weekly
Ad

वीरगञ्जमा लोकसेवा तयारी केन्द्रमा आगलागी, लाखौंको क्षति

लोकतन्त्र खबर
७ असार २०८१

वीरगञ्ज । वीरगञ्जमा बुधबार राती करीब १२ बजे, विद्युत सटसर्किट भएर शंकल्प लोकसेवा तयारी केन्द्र र मधेस लोक सेवा तयारी केन्द्रमा आगलागी भएको समाचार आएको छ ।

वीरगञ्जको महानगरपालिका वडा नम्बर ८ मा रहेको मधेश लोकसेवा तयारी केन्द्रमा १३ लाख बराबरको सामानहरु जलेर नष्ट भएको खबर प्रकाशित गर्दछ। त्यस्तै, शंकल्प लोकसेवा तयारी केन्द्रमा पनि लाखौंको क्षति भएको छ।

आगलगीको कारणका रुपमा शंकल्प लोकसेवा तयारी केन्द्रबाट सल्किएको आगोको झिल्कोले छेउमा रहेको मधेस लोकसेवा तयारी केन्द्रमा समेत फैलिएको थियो। यसको परिणामस्वरूप लाखौंको सामान जलेर नष्ट भएको छ। संचालक निखिल पासवानले उक्त केन्द्रमा १३ लाख बराबरको सामानहरुको जलन भएको बताएका छन्।

अहिले सबै लोकसेवाको कक्षा स्थगित भएको छ र अन्य सूचनाका लागि अपेक्षा गरिएको छ। यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: