Loktantra Khabar National Weekly
Ad

असारे बिकाश लूटन हानाथाप

लोकतन्त्र खबर
२९ जेष्ठ २०८१

दिपेश कुमार शाह—-
रौतहट,जेठ २९

देशमा नयाँ अनुहार, पहिचान दिने युवाका चेहरा भ्रष्टाचारीमा लिप्त रौतहटका कटहरीया नगरपालिकाको मेयर अजय प्रकाश जैसवाल, हाकिम सुरेन्द्र प्रधान र लेखा प्रमुखले बिना कमिसन लिइ कामै नगर्ने गरेको भ्रष्टाचार आरोप लागेको छ ।

कटहरीया नगरपालिकाको कटहरिया कार्यालयमा लेखा प्रमुखका कार्यालय हुदा पनि चन्द्रपुरमा चेक कटान गरेको भ्रष्टाचारी आरोप रहेको हो

नगर प्रमुख अजय प्रकाश ,कार्यालय प्रमुख सुरेन्द्र प्रधानले , योजना प्रमुख, इन्जिनियर र लेखापालले १० देखि २० प्रतिशतसम्म कमिसन लिएर योजनाका चिठिहरु धमाधम बाडिरहेको स्थानीयहरुको आरोप छ । कमिसन दिनेलाई मात्र चिठी दिने गरेको र कमिसन नदिनेलाइ कार्यालय प्रमुख सुरेन्द्र प्रधानले विभिन्न बहाना बनाएर आल्टाल गर्ने गरेको स्रोतले जनाएको छ ।

नगर प्रमुख अजय प्रकाश ,कार्यालय प्रमुख सुरेन्द्र लामोसमय देखि कार्यालयमा नबसि कार्यालय भन्दा ३६किलोमीटर पर चन्द्रनिगाहपुरमा बसेर खुलेआम कमिसन लिएर योजना बेच्ने काम गर्दै आएको व्यापक जनगुनासो रहेको छ् । कार्यालयमा कमिसन लिन सहज नहुने अवस्था देखेर कार्यालय प्रमुख प्रधानले सहित मेयर कार्यालय भन्दा बाहिर बसेर कमिसनमा लिप्त रहेको गोपिए स्रोतले बताइएको छ ।

कमिशन र सेटिङ्गको भरमा मात्र काम गर्ने नगर पालिकाको , जन्प्रतनिधी , कर्मचारीहरुको रबैयाले नगरपालिका बासी आजित भइसकेका छन । जसले कमिशन दिदैनन उसलाई चिठी दिन आनाकानी गर्ने गरिएको र कार्यालय प्रमुख नगर प्रमुखले कार्यालयमा नआई सेटिङ्गमा फाईलहरू बाहिरै मंगाएर तोक लगाउने गरेको स्रोतको दाबी छ । नगरप्रमुख कार्यालय प्रमुख, इन्जिनियर, योजना प्रमुख र लेखा प्रमुख उमेश यादव सबै जना कार्यालयमा नबस्ने गरेको कारण विभिन्न कामले कार्यालय जाने सेवाग्राही रित्तै हाथ घर फर्किरहेका छन ।

उनिहरु कार्यालयमा नबस्दा आफुहरुको कामकाज नराम्ररी प्रभावित भइरहेको सेवाग्राहीहरुको गुनासो छ । उनिहरु कहिलेकाहीँ मात्र कार्यालय आउने गरेको र प्राय चपुरमा नै बसेर सेटिङ्हको भरमा काम गर्ने गरेका कारण सेवाग्राहीहरु अनावश्यक दुख भोग्न बाध्य छन । कार्यालय प्रमुख सहितका कर्मचारीहरुको गैरजिम्मेवारीपुर्ण रबैयाको विरुद्ध स्थानीयहरु कार्यालयमा ताल्चा लगाइ आन्दोलन गर्ने तयारीमा गरेका छन । यस सम्बन्धमा सत्य तथ्य बुझ्न कार्यालय प्रमुख प्रधानलाई फोन गर्दा उनि संग सम्पर्क हुन सकेन ।

लामो सम्म देखि फतुया बिजयपुर नगरपालिकाकाको लेखा सबैकाम काज चन्द्र्पुरमा गर्नु भएको हुनाले वडा अध्यक्षहरु बिरोध गरेको थियो ।यस्तै कटहरीया नगरपालिकामा आए पछि चन्द्रपुर रबैया रहेको हो । स्थानीय युवाहरु सुनाशो गरेको हो ।

प्रतिक्रिया दिनुहोस्: