Loktantra Khabar National Weekly
Ad

अभिषेक बच्चनले अस्वीकार गरेका तीन फिल्म, जसबाट चम्किए आमिर खान

लोकतन्त्र खबर
२८ जेष्ठ २०८१

बलिउड अभिनेता अभिषेक बच्चन उम्दा कलाकारको रूपमा परिचित छन्। उनी आफ्नो भूमिका न्यायका साथ निर्वाह गर्छन्।

उनले सन् २००० मा फिल्म ‘रिफ्युजी’ बाट बलिउडमा डेब्यू गरेका थिए। फिल्ममा उनीसँगै करीना कपूर खानको अभिनय थियो। यस फिल्मले बक्स अफिसमा औसत कमाइ गरेको थियो। यसको एक वर्षपछि आमिर खानको एक फिल्म रिलिज भएको थियो। जुन हिट सावित भएको थियो। यस फिल्मको लागि पहिलो रोजाइ अभिषेक थिए।

त्यो फिल्म हो ‘लगान’। यस फिल्मलाई आशुतोष गोवारिकरले निर्देशन गरेका थिए। अभिषेकले केही समयअघि मात्रै आफूले फिल्म क्षेत्रमा कदम राखेको भन्दै यो फिल्म अस्वीकार गरेका थिए।

‘लगान’ लाई दर्शकले निकै रूचाएका थिए। यो फिल्म सन् २००२ अस्करको लागि नोमिनेट समेत भएको थियो।

यस्तै अभिषेकले अस्वीकार गरेपछि आमिरको हातमा परेको अर्काे फिल्म हो- ‘दिल चाहता है’। फरहान अख्तरले निर्देशन गरेको फिल्म सन् २००१ मा प्रदर्शन भएको थियो।

राकेश ओमप्रकाश मेहराले निर्देशन गरेको फिल्म ‘रंग दे बसन्ती’ पनि अभिषेकले अस्वीकार गरेका थिए। भारतीय सञ्चारमाध्यम टिभी ९ का अनुसार यस फिल्ममा दुई पुस्ताको भूमिका निर्वाह गर्नुपर्ने भएको हुँदा अभिषेकले अस्वीकार गरेका थिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: