Loktantra Khabar National Weekly
Ad

आफु पार्टी सभापति भएपछि १२ वटा पालिका प्रमख जिताउन सफल भएको छु- सुरेन्द्र सिंह

लोकतन्त्र खबर
२७ जेष्ठ २०८१

विद्यानन्द राय—
सर्लाही,जेठ २७

नेपाली काग्रेस जिल्ला कार्यसमिति सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह माथि विगतको वर्षमा (२०५६ साल ) मनुष्मारा सिंचाई आयोजनाको नहरमा रहेका सिसौका रुखहरु काटेर बिक्री गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भएको थियो ।

सोही मुद्दामा सर्वाच्च अदालतले समेत दोषी ठहर गरेको कारण देखाउँदै शेखर कोइराला समुहले पार्टी सभापति पदबाट बर्खास्त गर्न केन्द्रीय सभापति शेर बहादुर देउवा समक्ष माग गरेका छन्।

उता सभापति सिंह निकटका नेताहरुले भने उहाँ जिल्ला सभापति भएको केही दिनमै सम्पन्न भएको स्थानीय चुनावमा कुनै राजनितीक दल सँग साँठगाँठ नगरी एकलौटी रुपमा जिल्लाका २० वटा पालिकाहरु मध्ये १२ वटा पालिकामा पालिका प्रमुख ,वडा प्रमुख लगायतका पदमा बहुमत सहित काँग्रेसका उमेदवारहरु जिताउन सफल भएको बताएका छन् ।

उहाँकै नेतृत्वमा ३ जना प्रदेश सांसद पनि जिताउन सफल भएको पार्टीका नेताहरुले बताएका छन् ।

पार्टीको आन्तरिक विवादलाई अनावश्यक हावा दिएर पार्टीलाई तहस नहस बनाउने खेलमा कोइराला समुहका नेताहरु हात धोएर नै लागेको उनीहरुको आरोप छ।

व्यक्तिगत रिसिवीले कसैलाई फाइदा नपुर्याउने भएकोले काग्रेसलाई जिल्लामा एउटा भरपर्दो र सबैको साझा पार्टी बनाए मात्र पार्टी कार्यकर्ता , शुभ चिन्तक , मतदाता लगायत सबैलाई राम्रो हुने सिंहले भने।

आफु सभापति पदमा निर्वाचित भएर आएदेखि पार्टी संगठनलाई मजबुत बनाउन अहोरात्र खट्दै आएको बताउनुभएको छ।

पार्टी कार्यालय भवनको लागि रु ५० लाखको लागतमा पार्टी कार्यालय पनि बनाउन लगाएको उहाँले बताउनुभयो ।

साथीहरुले अनावश्यक रुपमा आफुलाई दोषी बनाउन खोजेको बताउँदै उहाँले नेपाली काँग्रेस यस्ता गलत क्रियाकलापको घोर भत्सर्ना गर्दछ भन्नुभयो ।

अरु पार्टी सँग लडने हौसियत नभएकाहरु आफ्नै पार्टीका साथीहरुलाई बदनाम गराएर आफनो राजनितीक रोटी सेक्न खोजेको सिंहले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्: