Loktantra Khabar National Weekly
Ad

सहकारी संस्थाहरुको कमाउ धन्दा,६ प्रतिशत भन्दा बढीको फरकमा कारोवार

लोकतन्त्र खबर
२५ जेष्ठ २०८१

विद्यानन्द राय
सर्लाही,जेठ २५

बचत तथा श्रण सहकारी संस्थाहरुले राष्ट्र बैंकले तोकेको नियम भन्दा बढीको फरकमा श्रृण असुली गर्ने गरेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकको नियमअनुसार सहकारी संस्थाहरुले बचत तथा श्रृण लगानी कारोवार गर्दा बढीमा ६ प्रतिशत को फरकमा गर्नुपर्ने कानुनी प्रावधान भएपनि सर्लाही जिल्लामामा संचालित प्रायःजसो सबै ठूला तथा साना सहकारी संस्थाहरुले आफु खुशी १० देखि १२ प्रतिशतको फरकमा कारोबार गर्दै आएको सहकारी पिडितहरुले गुनासो गरेका छन् ।

सर्वसाधारण नागरिकहरुलाई सहज तथा सरल सेवा प्रदान गर्ने उदेश्यले खोलिएका यस्ता सहकारीहरु कमाउ धन्दा चलाइरहेको एक जना सहकारीकर्मीले बताए।

सहकारी संस्थाहरुको अनुगमन गर्ने अधिकार स्थानीय सरकारको भएपनि आफ्नै मतदाताहरुले संचालन गरेको सहकारी भएको नाताले मेयर तथा उपमेयरहरु अनुगमन गर्नबाट पन्छिने गरेको स्थानीय बुद्धिजीवीहरु बताउँछन् ।

तिन तहको सरकारमा सहकारी संस्थाहरुलाई वर्गिकरण गर्दा यस्तो समस्या उत्पन्न भएको सहकारी विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: