Loktantra Khabar National Weekly
Ad

पाँच महिनामा भित्रिए पाँच लाख पर्यटक

लोकतन्त्र खबर
२० जेष्ठ २०८१

सन् २०२४ को मे महिनामा ९० हजार पर्यटक भित्रिएका छन्।

पर्यटन बोर्डका अनुसार मे मा ९० हजार २११ पर्यटक भित्रिएका हुन्।

यससँगै सन् २०२४ को पाँच महिना (जनवरीदेखि मार्चसम्म)मा ५ लाख ६ हजार २८० पर्यटक नेपाल आएका छन्।

तथ्यांकअनुसार जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ७९ हजार ४२६, मार्चमा एक लाख २८ हजार १६७, अप्रिलमा एक लाख ११ हजार ३७६ पर्यटक भित्रिएका थिए।

मे मा सबैभन्दा बढी ३८ हजार २८८ भारतीय पर्यटक भित्रिएका छन्। त्यस्तै अमेरिकाबाट ८ हजार ५२७, चीनबाट ८ हजार ३८१ पर्यटक आएका छन्। सेतोपा

प्रतिक्रिया दिनुहोस्: