काठमाडौं जेठ २०, भारतको लोक सभा चुनावको मतगणना सुरु हुनु अगाडि मत सर्वेक्षण (एक्जिट पोल)का अलग–अलग नतिजाहरु सार्वजनिक भएका छन् । १३ वटा मत सर्वेक्षणमा सबैको सार नरेन्द्र मोदीले ह्याट्रिक जित हासिल गर्ने उल्लेख छ ।
विभिन्न न्यूज एजेन्सी र च्यानलहरुले भाजपा नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याउने र विपक्षी कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन हार्ने सर्वेक्षण भनिए पनि उनीहरुले पाउने सिट संख्या भने फरक–फरक छ ।
भारतका लोक सभाका ५४२ सिटका लागि ७ चरणमा निर्वाचन भएको थियो । निर्वाचनको नतिजा ४ जुनमा सार्वजनिक हुने छ । बहुमतका लागि २७२ सिट ल्याउनुपर्छ ।
नतिजा सार्वजनिक हुनु अगाडि सार्वजनिक मत सर्वेक्षणको नतिजामा एनडीए गठबन्धनले २८१ देखि ४०१ सिटसम्म ल्याउने देखाइएको छ । विपक्षी गठबन्धनले १०७ देखि २०१ सिटसम्म ल्याउन सक्ने उल्लेख छ ।
भारतको दैनिक भाष्करले भने ग्राउण्ड जिरो रिपोर्टको आधारमा २८१ देखि ३५० सिट भाजपा नेतृत्वको एनडीए गठबन्धनले पाउनसक्ने र १४५ देखि २०१ सिटसम्म कांग्रेस नेतृत्वको इण्डिया गठबन्धनले पाउनसक्ने जनाएको छ ।
सर्वेक्षणअनुसार यस पटक एनडीएले तमिलनाडु र केरलामा खाता खोल्न सक्ने अनुमान छ । साथै कर्नाटकका सबै सिटमा कब्जा गर्न सक्ने उल्लेख छ । अनलाइन खबर
हेर्नुहोस् भारतको लोक सभा निर्वाचनको मत सर्वेक्षण

न्यूज च्यानल/एजेन्सी | एनडीए गठबन्धन | इण्डिया गठबन्धन | अन्य |
इण्डिया टुडे | ३६१–४०१ | १३१–१६६ | ८–२० |
एबीपी | ३५३–३८३ | १५२–१८२ | ४–१२ |
न्यूज २४ | ४०० | १०७ | ३६ |
जन की बात | ३६२–३९२ | १४१–१६१ | १०–२० |
इण्डिया टिभी | ३७१–४०१ | १०९–१३९ | २८–३८ |
टाइम्स नाउ | ३५८ | १५२ | ३३ |
टिभी नाइन | ३४६ | १६२ | ३५ |
रिपब्लिक भारत | ३५३–३६८ | ११८–१३३ | ४३–४८ |
रिपब्लिक टिभी | ३५९ | १५४ | ३० |
इण्डिया न्यूज | ३७१ | १२५ | ४७ |
न्यूज नेशन | ३४२–३७८ | १५३–१६९ | २१–२३ |
न्यूज एट्टिन | ३५५–३७० | १२५–१४० | ४२–५२ |
दैनिक भाष्करको ग्राउण्ड जिरो रिपोर्ट | २८१–३५० | १४५–२०१ | ३३–४९ |