काँक्रेविहार (सुर्खेत) जेठ १७ , सुर्खेतबाट कालीकोट जाँदै गरेको जीप सुर्खेत-दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार २ जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको हो । अरु दुईजना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुर्याइएको छ ।
दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको उक्त कार्यालयले जनाएको छ ।
दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको टोली उद्धारका लागि परिचालन भएको थियो । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्:

