Loktantra Khabar National Weekly
Ad

पद्मकन्या क्याम्पसमा मङ्गलादेवी सिंह फाउन्डेसनको अक्षयकोष स्थापना

लोकतन्त्र खबर
१६ जेष्ठ २०८१

काठमाडौँ । पद्मकन्या बहुमुखी क्याम्पसमा मङ्गलादेवी सिंह फाउन्डेसनले ५ लाख राशिको अक्षय कोष स्थापना गरेको छ । फाउन्डेसनको तर्फबाट सिर्जना सिंहले अक्षय कोषका लागि ५ लाख राशिको चेक क्याम्पस प्रमुखलाई हस्तान्तरण गरेकी छन्  । पद्मकन्या क्याम्पसमा आज एक कार्यक्रमकाबिच अक्षयकोष स्थापना गरिएको हो ।

पद्मकन्या क्याम्पसको राजनीति शास्त्रका विद्यार्थीका लागि । एम.ए.र स्नातक तहका विद्यार्थीलाई प्रत्येक वर्ष अक्षय कोषबाट छात्रवृत्ति दिइनेछ । क्याम्पस प्रमुख प्रा.डा.जयालक्ष्मी प्रधानले अक्षयकोष स्थापनाले आफूहरू उत्साही भएको भन्दै फाउन्डेसनलाई धन्यवाद दिइन् । उनले पद्मकन्या स्थापनामा समेत मङ्गलादेवी सिंहको भूमिका महत्त्वपूर्ण रहेको बताइन् ।

फाउन्डेसनको तर्फबाट बोल्दै नेतृ सिंहले नेपालको राजनीतिमा मंगलादेवी सिंहको भूमिका महत्त्वपूर्ण रहेको बताइन् । महिलाहरूका लागि छुट्टै विद्यालय र  क्याम्पस स्थापनाका लागि मङ्गलादेवी सिंहले गरेको सङ्घर्षको चर्चा गरेकी थिइन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रतिमा गौतम र राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनीले अक्षयकोषको स्थापनाले गरिब, जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: