Loktantra Khabar National Weekly
Ad

भट्टेडाँडामा ट्याक्टर र मोटरसाइकलमाथि खस्यो पहिरो, दुई जना घाइते

लोकतन्त्र खबर
१५ जेष्ठ २०८१

ललितपुरको भट्टेडाँडामा सुख्खा पहिरो खस्दा दुई जना घाइते भएका छन्।

मंगलबार बिहान पौने १० बजे बागमती गाउँपालिका वडा नम्बर ३ भट्टेडाँडा खरिबासमा सुख्‍खा पहिरो खसेर दुई जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

उनका अनुसार सुख्खा पहिरो ट्याक्टर र मोटरसाइकलमाथि खसेको थियो।

पहिरो खसेर लाग्दा प्रदेश २-०३-००४ प – ५६६१ नम्बरको मोटरसाइकल चालक घाइते छन्। उनको उपचारको लागि नख्खुस्थित मेडिसिटी अस्पतालमा लगिएको छ।

स १ त ७३१८ नम्बरको ट्याक्टर चालक भने सामान्य घाइते छन्।

अहिले एक्साभेटरको प्रयोगले पुरिएका बाइक र ट्याक्टर निकालिएको छ। अवरूद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: