Loktantra Khabar National Weekly
Ad

जग्गा विवादमा दाजुको हत्या, आरोपित भाइ पक्राउ

लोकतन्त्र खबर
१५ जेष्ठ २०८१

नुवाकोटमा दाजुको हत्या गरेको आरोपमा प्रहरीले भाइलाई पक्राउ गरेको छ।

मंगलबार राति पौने ८ बजे किस्पाङ गाउँपालिका वडा नम्बर ५ मानेगाउँ बस्ने ७२ वर्षीय खमसिङ तामाङ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले जानकारी दिए।

उनी आफ्नै घर नजिकै बारीमा रगताम्य अवस्थामा मृत फेला परेका थिए।

उनको हत्या भएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट डिएसपी भारतीको कमाण्डमा टोली खटिएको थियो।

प्रारम्भिक अनुसन्धानबाट दाजु भाइबीच जग्गा विवाद रहेको कारण हत्या भएको डिएसपी भारतीले बताए।

हत्या आरोपमा प्रहरीले उनका भाइ ६७ वर्षीय सिंहबहादुर तामाङलाई पक्राउ गरेको थियो।

उनले आफ्ना दाजुमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको थियो।

उनीमाथि प्रहरीले थप अनुसन्‍धान अघि बढाएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: