काठमाडौं जेठ १५ , धनकुटामा मलामी सवार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
सोमबार अपराह्न को १ त ९७३७ नम्बरको ट्याक्टर धनकुटाको छथरजोरपाटी गाउँपालिका-४ स्थित सिदवा त्रिवणीघाटमा दुर्घटना हुँदा ४५ वर्षीय वीरबहादुर खनालको घटनास्थलमै मृत्यु भएको धनकुटा प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ७ जनाको अस्पतालमा उपचार भइरहेको छ । अन्य केही घाइतेहरु उपचारपछि घर फर्किएका छन् ।
ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्:

