Loktantra Khabar National Weekly
Ad

इटहरीका संस्थागत विद्यालयलाई छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन

लोकतन्त्र खबर
१४ जेष्ठ २०८१

इटहरी  । इटहरी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाले संस्थागत विद्यालयहरूलाई १० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन दिएको छ ।

महाशाखाले एक सूचना जारी गर्दै संस्थागत विद्यालयमा भर्ना भएका कूल विद्यार्थीको १० प्रतिशतका दरले छात्रवृत्ति विवरण पेस गर्न निर्देशन दिइएको हो ।

सूचनामा गरिब, अपाङ्ग, महिला, दलित  र जनजाति विद्यार्थीको नामावलीसहितको विवरण १५ दिनभित्रमा बुझाउन निर्देशन दिएको शिक्षा शाखाका प्रमुख दोर्ण दाहालले बताए । अनिवार्य रूपमा निर्देशन पालना नगरे कारबाही गरिने प्रमुख दाहालको भनाइ छ ।

इटहरी उपमहानगरपालिकाले यसअघि शिक्षकको तलब सुविधा र पेसागत सुरक्षा एवम् शिक्षक९कर्मचारीको नियुक्तिपत्रलगायतका नियमबारे पनि निजी विद्यालयलाई विवरण अविलम्ब पठाउन सकुर्लर गरेको थियो ।

इटहरी क्षेत्रमा १७० वटा विद्यालय रहेका छन् । जसमा ३६ वटा सरकारी विद्यालय रहेका छन् भने अरू निजी रहेका छन् । पछिल्लो केही समय यता इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले शिक्षा क्षेत्र सुधारका अभियानहरू चलाइरहेका छन् । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: