
लोकतन्त्र समाचारदाता—
सर्लाही,जेठ १३
सर्लाहीमा टयाक्टरको ठक्करबाट एकजना मोटरसाईकल चालकको मृत्यु भएको छ।
शनिवार साँझ जिल्लाको बसवरिया गाउँपालिका वडा न-१ मानपुर स्थित विनमा टोलबाट मानपुर तर्फ जादैं गरेको म.प्र००३ ०३० प ९८५८ नम्वरको मोटरसाईकल र मानपुर बजारबाट मानपुर व्यारेक तर्फ जादैं गरेको प्र० २ ०२ ००१ त २२८० नम्वरको टयाक्टर एक आपसमा ठक्कर खाएर दुर्घटना हुँदा मोटरसाईकल चालक धनकौल गा.पा वडा न-३ हरकठवाका अन्दाजी वर्ष ३० को सुरेश कुमार सिंहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
मोटरसाइकललाई ठक्कर दिने ट्याक्टरका चालक सिसौट बस्ने वर्ष ५० को राम अवतार साहलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसंधान गरिरहेको जिप्रका सर्लाहीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्: