
लोकतन्त्र समाचारदाता—
जनकपुरधाम,जेठ १३
धनुषाको सबैला नगरपालिकाका मेयर कारीराम यादवलाई सार्वजनिक मँचमा कटआउट लगाएर बेईज्जत गरिएको छ ।
नेकपा माओवादी (केन्द्र) बाट निर्वाचित मेयर कारिरामले वडाध्यक्षहरुसँग कुनै समन्वय नगरेको भन्दै स्थानीयहरुले उनको कट आउट पोष्टर (काटिएको पुतला) लगाएर किर्तन शैलीमा बेईज्जत गरिएको छ।
सबैलाको मुख्य बजारमा रहेको मँचमा मेयर यादवको पोष्टरमा फोटोको मुकुट ,माला लगाएर विरोध गरिएको हो ।
वडाध्यक्ष तथा स्थानीयहरुले आइतवार दिउँसो कारिराम कारिराम भन्दै भजन किर्तन शैलीमा बजारको परिक्रमा गर्दै बेइज्जती गरेका छन् ।
विभिन्न प्रस्ताव, निर्णय, बैठक, सभामा समेत मेयर यादवले एकलौटी गरि दम्भ देखाउन खोजेको भन्दै वडाध्यक्षहरुले फरक शैलीमा विरोध गरेको वडा न-२ का वडा अध्यक्ष मुकेश कुमार पूर्वे बताए ।
मेयर यादव माओवादीका नेता मातृका प्रसाद यादवका भाई हुन् ।