Loktantra Khabar National Weekly
Ad

नारायणगढ–मुग्लिन सडकमा पहिरोमा पुरिएर एक्सकाभेटर अपरेटरको मृत्यु

लोकतन्त्र खबर
१३ जेष्ठ २०८१

नारायणगढ–मुग्लिन सडकको तुइन खोला पुल नजिकै झरेको पहिरोमा पुरिएर एक्सकाभेटर अपरेटरको मृत्यु भएको छ।

इच्छाकामना–५ मा पर्ने सडक छेउमा नाला खन्नेक्रममा माथिबाट झरेको ढुंगासहितको पहिरोमा पुरिएर बर्दिया घर भएका अन्दाजी ३२ वर्षीय अपरेटर मंगल चौधरी गम्भीर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालका अनुसार गम्भीर घाइते चौधरीको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।

पहिरोमा पुरिएर एक्सकाभेटर पूर्ण रुपमा क्षति भएको छ।

पहिरोले ना ५ ख १५११ नम्बरको ट्रकलाई पनि असर गरेको डिएसपी रिजालले बताए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: