Loktantra Khabar National Weekly
Ad

सर्लाहीको मलंगवा नगरपालिकाका सामुदायिक विद्यालयमा पहिलोपटक डिजिटल प्रविधिबाट शिक्षण सिकाई सुरु

लोकतन्त्र खबर
११ जेष्ठ २०८१

मनोज यादव—
सर्लाही,जेठ ११

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाले पछिल्लो प्रविधिको उपयोग गर्द शिक्षण सिकाइलाई उपलब्धिमुलक तथा प्रविधिमैत्री बनाउन सामुदायिक विद्यालयमा डिजिटल कक्ष संचालनमा ल्याएको छ।

मलंगवा न.पा का नगरप्रमुख नागेन्द्र प्रसाद यादवले शुक्रवार बिहान एक कार्यक्रमका बिच वडा न-२ झण्डा बजारमा रहेको श्री पब्लिक माध्यमिक विद्यालयमा जिडिटल कक्षको उद्घाटन गरेका हुन् ।

डिजिटल कक्षको उद्घाटन गर्दै नगरप्रमुख यादवले प्रविधिको प्रयोग गरी शिक्षाको गुणस्तरमा गुणात्मक बृद्धि गर्ने उद्देश्यले हाल जिल्लाकै सबैभन्दा जेठो सामुदायिक विद्यालयको रुपमा रहेको पब्लिक माविमा डिजिटल कक्ष संचालनमा ल्याएको बताए ।

विस्तारै नगरपालिका भित्रका अन्य सामुदायिक विद्यालयहरुमा पनि डिजिटल कक्ष संचालनमा ल्याएर शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउने यादवले बताए ।

यस डिजिटल कक्षमा पाठ्यपुस्तक अनुसारनै स्मार्ट टिभीबाट पढाई हुने पब्लिक माविका प्राधानाध्यापक सुवास कुमार यादवकाले बताएका छन् ।

शिक्षाको गुणस्तर कायम हुने लक्ष्य लिएकोले शिक्षालाई प्रविधिसँग जोडेर अगाडि बढ्ने प्रयास गरेको प्रअ यादवले बताए।

परम्परागत बोर्डमा लेखेर पठन पाठन हुने विद्यालयमा डिजिटल बोर्ड जडान भएपछि पढाईमा विद्यार्थीहरुको आकर्षण बढ्ने र पढाउँदा पढाउँदै कुनै ठाउँमा अस्पस्ट भएमा तुरुन्तै इन्टरनेटको मद्धतबाट खोजेर त्यस बारे विद्यार्थीलाई सजिलै जानकारी गराउन सकिने उनले बताए ।

अबको केही दिनमै नगरपालिका भित्रका अन्य सामुदायिक विद्यालयमा अध्यापन गराइरहेका शिक्षक शिक्षिकाहरुलाई पनि यसै कक्ष मार्फत डिजिटल प्रविधिबाट गरिने शिक्षण सिकाई सम्बन्धि तालिम प्रदान गर्ने उद्घाटन कार्यक्रमको अध्यक्षता समेत गरेका पब्लिक माविका प्रअ यादवले घोषणा गरेका छन् ।

कार्यक्रमका विशिष्ठ अतिथि तथा शिक्षा समन्वय समिति इकाई कार्यालय सर्लाहीका प्राविधिक सुनिल कुशवाहाले पछिल्लो प्रविधिलाई प्रयोग गर्दे डिजिटल बोर्ड तथा स्मार्ट टिभीको माध्यमबाट अध्यापन गराउँदा विद्यार्थीहरु आकर्षित हुने र शिक्षाको उपलब्धि बृद्धि हुने बताए।

शिक्षक विभाष कर्णले संचालन गरेको कार्यक्रममा मलंगवा न.पा-२ का वडा अध्यक्ष धिरेन्द्र साह,निवर्तमान विद्यालय व्यवस्थापन समिति सदस्य बिरजु राय,मावि सुन्दरपुरका प्रअ राम किशोर महतो,नेपाल स्काउटका सुभाष कर्ण,नेपाल स्काउट मधेस प्रदेश सदस्य दिलिप उपाध्याय, शिक्षक, विद्यार्थी, अभिभावक,स्थानीय बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

यसै अवसरमा पब्लिक माविमा अध्यनरत स्काउटका नवसदस्यहरुलाई स्काउट पोशाक समेत वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्: