Loktantra Khabar National Weekly
Ad

चेतना द्वारा आगलागी पिडितलाई सहयोग

लोकतन्त्र खबर
११ जेष्ठ २०८१

लोकतन्त्र समाचारदाता—-
सर्लाही,जेठ ११

चेतना संस्थाले सर्लाहीको विष्णु ,धनकौल तथा बसबरिया गाउँपालिकाका आगलागी पिडित परिवारलाई राहत सहयोग गरेको छ ।

संस्थाले केही दिन अगाडी विष्णु गापा वडा न-१ बाराउधोरण ,घनकौल र बसबरिया गापामा भएको भिषण आगलागीका कारण घरविहीन भएका पीडित परिवारलाई मलंगवामा रहेको चेतना संस्थाले कतार च्यारिटीको आर्थिक सहयोगमा खाद्यान्न लगायतका राहत सामाग्री वितरण गरेको हो।

संस्थाले बाराउधोरणका ६१ तथा धनकौल र बसबरिया गापाका २० पिडित घरपरिवार तथा १९ अनाथ बालबालिकाहरुलाई खाद्यान्न लगायतका राहत सामाग्री वितरण गरेको संस्थाले जनाएको छ।

यस प्रकारको सहयोगले आगलागीबाट प्रभावित घरपरिवारलाई सहज हुने पिडित स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्: