Loktantra Khabar National Weekly
Ad

नेपालमा पनि देखियो कोरानोको नयाँ भेरियन्ट केपी.१ र केपी.२

लोकतन्त्र खबर
११ जेष्ठ २०८१

नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गएको दुई महिनायता देशभर ४२ जनामा कोरोना संक्रमण देखिएको थियो।

ती ४२  नमूनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनालाई केपी.१, १७ जनामा केपी.२ र एक/एक जनामा केपी.३ र केपी.४ भेरियन्ट देखिएको प्रयोगशालाले जनाएको छ।

यी सबै ओमिक्रोनको सब-भेरियन्ट हो।

यो भेरियन्ट अमेरिका र अफ्रिकी मुलुकहरूमा देखिएको थियो।

पछिल्लो समय भारतमा पनि केपी.१ र केपी.२ भेरियन्ट देखिएको थियो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: