Loktantra Khabar National Weekly
Ad

विद्यार्थी लिएर रारा गएको जिप मुगुमा दुर्घटना, ११ जना घाइते

लोकतन्त्र खबर
१० जेष्ठ २०८१

धनगढी  जेठ १०, बाजुराबाट विद्यार्थी बोकेर रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटनामा परेको छ ।

मुगुको खत्याड गाउँपालिका-२ को शेरीजाम भन्ने ठाउँमा ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिए ।

उनकाअनुसार जीपमा सवार ११ जना विद्यार्थी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि रातापानी प्राथमिक स्वास्थ चौकी लगिएको छ । घाइतेहरु खतरामुक्त रहेको उनले बताए ।

बाजुराको कोल्टीस्थित जनप्रकाश माध्यमिक विद्यालयका विद्यार्थी शैक्षिक भ्रमणका लागि उक्त जिपमा रारातर्फ गइरहेका थिए ।अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: