Loktantra Khabar National Weekly
Ad

चोरीका मोटरसाइकलसहित झापाबाट ५ जना पक्राउ

लोकतन्त्र खबर
९ जेष्ठ २०८१

काठमाडौं जेठ ९ , चोरीका मोटरसाइकलसहित झापाबाट पाँच जना पक्राउ परेका छन् ।

झापाको सुरुङ्गा क्षेत्रमा मोटरसाइकल चोरी हुने गरेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा झापाको कनकाई नगरपालिका-४ का १९ वर्षीय प्रियंक कडेल, सोही ठाउँका १९ वर्षीय कृष्ण घिमिरे।

१९ वर्षकै नवीन बस्नेत, १९ वर्षकै दीपक भुजेल र कनकाई-३ का १९ वर्षीय सम्रिक चुडाल छन् ।

उनीहरुबाट प्रहरीले चोरीका दुई वटा मोटरसाइकल समेत बरामद गरेको छ ।

उक्त मोटरसाइकल पाँचथरबाट चोरी गरेको पाइएपछि कारबाहीका लागि उनीहरुलाई पाँचथर पठाइएको झापा प्रहरीले जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: