Loktantra Khabar National Weekly
Ad

कुरिनटारमा ट्रकले माइक्रो बसलाई ठक्कर दियो, १३ जना घाइते

लोकतन्त्र खबर
८ जेष्ठ २०८१

काठमाडौं जेठ ८ , चितवनको कुरिनटारमा ट्रकले माइक्रो बसलाई ठक्कर दिँदा १३ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा केही यात्रु गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइतेलाई चितवनको पुरानो मेडिकल कलेजमा र सामान्य घाइतेहरुलाई कुरिनटारकै सहकारी अस्पतालमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।

कुरिनटारबाट मुग्लिन जाँदै गरेको माइक्रोलाई मंगलबार बिहान ट्रकले ठक्कर दिएको हो । ट्रक चालकलाई मुग्लिन प्रहरीले नियन्त्रणमा लिएको छ । उनी सकुशल छन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: