Loktantra Khabar National Weekly
Ad

सगरमाथामा हराएका २ मंगोलियन आरोहीमध्ये एक जनाको शव भेटियो

लोकतन्त्र खबर
४ जेष्ठ २०८१

काठमाडौं वैशाख ४ ,सगरमाथा क्षेत्रमा सम्पर्कविहीन बनेका २ मंगोलियन आरोहीमध्ये एकजनाको शव भेटिएको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार  युखजर्गल सिडेनडम्बाको शव भेटिएको हो ।

युखजर्गलसँगै सम्पर्कविहीन बनेका मंगोलियाकै अर्का आरोही प्योरभिस्रन खाग्बाजाभको खोजी जारी रहेको विभागले जनाएको छ । दुवै आरोही जेठ १ गतेदेखि चौथो क्याम्पबाट सम्पर्कविहीन बनेका थिए ।

प्रतिकुल मौसमले पछि ३ दिन यता आरोहण समेत प्रभावित बनेको विभागले जानकारी दिएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: