Loktantra Khabar National Weekly
Ad

सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता

लोकतन्त्र खबर
३ जेष्ठ २०८१

काठमाडौं जेठ ३ , रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच भेटवार्ता भएको छ ।

सीलाई भेट्न पुटिन बेइजिङ पुगेका हुन् । रूस युक्रेन युद्धयता रूस र चीनका राष्ट्र प्रमुखबीचको भेट यो तेस्रो पटक हो ।

रुसको राष्ट्रपतिमा पाचौं कार्यकालका लागि चयन भएसँगै उनको सीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण चीनमा गरेका हुन् ।

दुई दिने औपचारिक भ्रमणका लागि बेइजिङ उत्रिनुअघि उनले चिनियाँ सञ्चार माध्यसँग कुराकानी गरेका थिए ।

सिन्ह्वासँगको कुराकानीमा पुटिनले युक्रेनसँग संवादका लागि आफू तयार रहेको बताएको चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले जनाएको छ ।

युद्धमा संलग्न सबै राष्ट्रहरुको हित हुनेगरी सहमतिका लागि रूस बाधक नरहेको पुटिनको भनाइ छ । ‘हामी सहमतिको विपक्षमा छैनौं । तर युद्धमा संलग्न सबै राष्ट्रको दीर्घकालीन हित र सुरक्षालाई मध्येनजगर गर्दै सहमति हुनुपर्छ भन्ने पक्षमा छौं । संवादका लागि रूस तयार छ,’ पुटिनको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ ।

संवादका क्रममा उनले चीन र रूसबीच नयाँ विश्वका लागि वृहत रणनीतिक साझेदारी हुने बताएको ग्लोबल टाइम्समा समाचार छ ।

पुटिनले रूस युक्रेन युद्ध अन्त्यका लागि चार सिद्धान्त अघि सारेका छन् । पुटिनको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ- शीत युद्धकालीन मानसिकताको अन्त्य, सबैको सुरक्षाको प्रत्याभुति, अन्तर्राष्ट्रिय कानुनको सम्मान र राष्ट्रसंघको वडापत्रमा आधारित आपसी सम्बन्धको सुनिश्चतताको प्रत्याभुति युद्ध अन्त्यका लगि अपरिहार्य छ ।

यस भेटमा दुई मुलुकबीच वृहत रणनीतिक साझेदारी सम्बन्धि सम्झौता हुनसक्ने अपेक्षा गरिएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: