Loktantra Khabar National Weekly
Ad

जनताको तटबन्ध कार्यालय हरिपुरवाट चन्द्रनिगाहपुर सर्दा पनि सर्लाहीका नेताहरु मौंन

लोकतन्त्र खबर
३ जेष्ठ २०८१

विद्यानन्द राय—
सर्लाही,जेठ ३

जनताको तटबन्ध कार्यालय हरिपुरबाट सर्ने भएका छन्। संघिय सरकार मार्फत संचालित यो कार्यालय विगत दशौं वर्ष देखि सर्लाहीमा संचालित रहँदै आएको छ।

लखनदेई खोला र झिम खोलालाई केन्द्रविन्दुमा राखेर यो परियोजना संचालनमा ल्याईएको थियो ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले यस जिल्लाका नदीहरु लखनदेही र झिममा तटवन्ध गरेर जिल्लावासीहरुको घर खेत कटान हुनबाट रोक्ने उदेश्यले कार्यालयको स्थापना गरिएको थियो ।वर्तमान माओवादी र एमाले नेतृत्वको सरकारले भित्री मधेसमा रहेको यस कार्यालयलाई रौतहटको चन्द्रनिगाहपरमा स्थापना गर्न लागेको हो ।

मधेश प्रदेशका श्रम,रोजगार तथा यातयात मन्त्री बेची लुंगेलीले संघिय सरकारले जनताको तटबन्ध कार्यालय हरिपुरबाट सार्नु गलत रहेको बताउनुभएको छ। यसलाई रोक्नको लागि हामीले पटल गरि राखेको उहाँले भन्नभयो।

जिल्लामा कार्यालय रहदाँ धेरै जनाले प्रत्येक्ष र अप्रत्येक्ष रुपमा रोजगारी पनि पाइरहेका थिए।

त्यसमा पनि व्रेक लाग्न सक्छ। त्यसै कारण कार्यालयलाई हरहालमा सार्न दिन नहुने मन्त्री लुंगेलीको कथन रहेको छ।मधेस प्रदेश सांसद कौशल किशोर रायको पनि कथन मन्त्री लुंगेलीको जस्तै छ।

उहाँले पनि यसलाई चन्द्रनिगाहपुर सार्नबाट रोक्न आफुहरु प्रयासरत रहेको बताउनुभएको छ।

आ.व ०६६/०६७ मा कार्यालय स्थापना हुदाँ देखि हालसम्म २ अर्व ६१ करोडको डिपिआर स्वीकृत भएको त्यस् मध्ये कुल रकमको २२ प्रतिशत काम मात्र भएको जनताको तटबन्ध कार्यालय हरिपुरका कार्यालय प्रमुख ई.कलामुद्दिन अनंसारीले जानकारी गराउनुभयो ।

उहाँका अनुसार चालु आ.वा मा जम्मा ६ करोड बजेट दिएको थियो।जुन गत आ. वा को काम गरेको बक्यौता रकमको भुक्तानी दिनमानै खर्च भएको छ।

यसपालि संघीय सरकारसँग २४ करोड माग गरेको तर मन्त्रालयले रकम अभावको कारण देखाउँदै एक रुपैयाँ पनि दिन मानेन।सरकारले कमसेकम प्रति आ.व २५ देखि ३० करोडसम्म रकम उपलब्ध गराएको खण्डमा मात्रै कार्याले लिएको गुरु योजना अनुसार मिट गर्छ। ३ – ४ करोड रकम मात्र दिंदा हात्तीको मुखमा जिरा जस्तै भएको छ।

बजेट अभावले गर्दा यसवर्षको वर्षा याम सँगै नदीको कटान हुनसक्ने सम्भावनाले गर्दा स्थानीय नदी किनारका बासिन्दाहरु त्रसित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: