Loktantra Khabar National Weekly
Ad

जनक शिक्षाको पुस्तक विद्यार्थीको हात हातमा, स्थानीय पाठ्यपुस्तकको छैन टुङ्गो

लोकतन्त्र खबर
२ जेष्ठ २०८१

बुटवल । नयाँ शैक्षिक सत्र सुरुवात भएको एक महिना पुग्न लाग्दा समेत बुटवलमा विद्यार्थीले स्थानीय पाठ्य पुस्तक पाउन सकेका छैनन् ।

जनक शिक्षा सामाग्री केन्द्रले यो शैक्षिक सत्रमा वैशाख १ गतेसम्म सबै विद्यालयहरूमा केन्द्रबाट छापिएका पाठ्य पुस्तक विद्यार्थीको हात हातमा पुराए पनि स्थानीय पाठ्यक्रम आधारित आवर बुटवल नामक पुस्तक अहिले सम्म बुटवलमा विद्यार्थीहरू पाएका छैनन् ।

उक्त आवर बुटवल नामको पुस्तक बुटवलका निजी र सामुदायिक विद्यालयमा १ देखि ८ कक्षासम्म अनिवार्य  लागू गरिएको छ । ५० पुर्णाङ्कको उक्त पुस्तक यो शैक्षिक सत्रमा कहिले आउने टुङ्गो नभएपछि केही विद्यार्थीहरूले पुरानो पुस्तक खोजेर अध्ययन गरिरहेका छन् ।

पुस्तक विद्यार्थीले नपाउँदासम्म कोर्स अगाडि बढाउन गाह्रो भएको बुटवलको स्कर्लस होम स्कुलका प्राचार्य बाबुराम बन्जाडेले रातोपाटीलाई बताए।

रुपन्देही अभिभावक सङ्घका अध्यक्ष लोकनाथ ज्ञवालीले अहिलेको शैक्षिक सत्रको सुरुमा नै जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक पठाए पनि बुटवलमा स्थानीय पाठ्य पुस्तक अझै सम्म विद्यार्थीले नपाउँदा विद्यार्थी र अभिभावक दुवैलाई तनाव भएको बताए ।

उनले रुपन्देहीमा अन्य स्थानीय तहको पाठ्य पुस्तक समयमै छापे पनि बुटवल नगरपालिकाले आफ्नो पाठ्यक्रम यो शैक्षिक सत्रमा अझै सम्म विद्यार्थीहरूलाई दिन नसकेकोमा आक्रोश पोखे । अभिभावकहरूले पनि  नयाँ शैक्षिक सत्र लागू भएको एक महिना पुग्दा विद्यार्थीले आवर बुटवल पुस्तक नपाएकोमा आक्रोश पोखिरहेका छन् ।

बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले भने पुस्तक छाप्नको लागि प्रेसमा पठाएको र केही दिनमा नजिकैको पुस्तक पसलमा पुग्ने दाबी गरे । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: