Loktantra Khabar National Weekly
Ad

सप्तरीमा बैंकका सुरक्षागार्डको हत्या

लोकतन्त्र खबर
२७ बैशाख २०८१

सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ।

सप्तकोशी नगरपालिका वडा नम्बर १ फत्तेपुर शाखाका सुरक्षागार्डको हत्या भएको अवस्थामा बिहीबार बिहान करिब सवा ६ बजेतिर शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार फत्तेपुर वडा नम्बर २ बस्ने ५५ वर्षीय परशुराम फुँयालको हत्या भएको हो।

उनी राति ड्युटीका लागि कार्यालयमा बसेका थिए। बिहान हत्या भएको भन्ने खबर प्रहरीले प्राप्त गरेको थियो। कसले हत्या गरेको भन्ने खुलेको छैन।

प्रहरीले अहिले घटनास्थलमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: