Loktantra Khabar National Weekly
Ad

दैलेख बजारमा आगलागी हुँदा दुई पसलमा क्षति

लोकतन्त्र खबर
२५ बैशाख २०८१

दैलेख बजारमा आगलागी हुँदा दुई पसलमा क्षति भएको छ।

मंगलबार दिउँसो नारायण नगरपालिका–१ मा पर्ने दैलेख सदरमुकामस्थित हाइस्कुल चोकमा रहेका दुई वटा घरमा आगलागी भएको हो।

आगलागीबाट एक फेन्सी पसल र एक मोटरसाइकल ग्यारेजमा पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

दैलेख प्रहरी प्रमुख डिएसपी सुनील दाहालका अनुसार आगो नियन्त्रणमा आइसकेको छ।

‘एकआपसमा जोडिएका दुई वटा घर र पसलमा क्षति पुगेको छ, अन्य विवरण संकलनको काम भइरहेको छ,’ उनले भने। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: