Loktantra Khabar National Weekly
Ad

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

लोकतन्त्र खबर
२३ बैशाख २०८१

कञ्चनपुरमा दोदा नदिमा पाैडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ।

बेलौरी नगरपालिका-५ को दोदा नदीमा शनिबार पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

बेलौरी -४ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिए।

यस्तै  सोही ठाउँका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका छन्।

घाइतेहरूको बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: