Loktantra Khabar National Weekly
Ad

सूचना प्रविधि दिवसमा विभिन्न व्यक्ति र संस्थालाई १ लाख राशिको पुरस्कार

लोकतन्त्र खबर
२० बैशाख २०८१

काठमाडौं  वैशाख २०, सरकारले सूचना प्रविधि क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सात वटा विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड वितरण गरेको छ ।

सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनीहरुलाई सम्मान गरेको हो ।

सरकारले नेशनल आइसीटी एक्सेलेन्स अवार्ड २०२४बाट  शैलेन्द्र गिरीलाई प्रदान गरेको छ । उनी राप्ति इन्जियनियरिङ कलेजका अध्यक्ष हुन् । यस्तै नेशनल आइसीटी एक्सेलेन्स अवार्ड २०२४ (वुमन)बाट लेना केशरी कंसाकार सम्‍मानित भएकी छिन् । उनी एनसेलकी चिफ टेक्नोलोजी अफिसर हुन् ।

यस्तै नेशनल आइसिटी नवप्रवर्द्धन अवार्ड वान प्वाइन्ट कम्पनीलाई प्रदान गरेको छ । कम्पनीले एपीआई म्यानेजमेन्ट एकीकृत सिस्टम विकास गरि बैंक तथा वित्तीय क्षेत्रलाई सहज बनाएको छ ।

वान पोइन्टले बनाएको एपीआई म्यानेजमेन्ट सिस्टमले  एउटै प्लाटफर्मबाट सम्पूर्ण एपीआई र डिजिटल सेवाहरुलाई व्यवस्थापन र मोनिटरिङ गर्दै आएको छ ।

यस्तै नेशनल आइसिटी अवार्ड पब्लिक सेक्टरबाट सामाजिक सुरषा कोषले पाएको छ । सरकारी सेवा प्रवाहमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने निकाय भएको भन्‍दै उक्त पुरस्कार दिइएको हो ।

यस्तै नेशनल आइसिटी अवार्ड प्राइभेट सेक्टरबाट डाटा हबले पाएको छ । डेटा हबले नेपालमै पहिलो पटक डेटा सेन्टर स्थापना गरि साना तथा ठूला कम्पनीलाई डेटा सेन्टर सेवा प्रदान गर्दै आएको छ ।

डेटा हब प्रालि, नेपालको अग्रणी डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायक हो । निजी क्षेत्रको पहिलो डेटा सेन्टरको रूपमा सन् २०११ मा स्थापित डेटा हबको बुटवलमा डिजास्टर रिकभरी साइट रहेको छ ।

यसैगरी आइसिटी नेशनल आइसिटी अवार्ड प्रादेशिक पुरस्कार डाइनामिक टेक्नोसफ्ट नामक कम्पनीले पाएको छ । वीरगञ्जमा स्थापना भएर देशको सूचना प्रविधि क्षेत्रमा योगदान गर्ने डायनामिक टेक्नोसफ्टलाई प्रदेशतर्फको नेशनल आईसीटी अवार्ड दिइएको छ ।

सूचना प्रविधि सेवा निर्यात गरी नेपालमा सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने कम्पनीको रूपमा स्प्राउट टेक्नोलोजीज सर्भिसेस (क्लाउड फ्याक्ट्री) सम्मानित भएको छ ।स्प्राउट टेक्नोलोजी आईटी कम्पनी हो, जसले विभिन्न आईटी सम्बन्धि विभिन्न सेवाहरू आउटसोर्सिङ गर्दै आएको छ ।

आर्थिक वर्ष २०७९-८० मा सबैभन्दा बढी कर तिर्ने आईसीटी कम्पनीको रूपमा नेपाल टेलिकम सम्मानित भएको छ । नेपाल टेलिकम सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक हो ।

मोनाल टेकले नेसनल आईसिटी स्टार्टअप अवार्ड २०२४ प्राप्त गरेको छ । देश तथा विदेशमा साईबर सुरक्षा सेवा प्रदान गरिरहेको मोनाल टेकलाई स्टार्टअप नेशनल आईसीटी अवार्ड प्रदान गरिएको छ ।

सन् २०२० मा स्थापना भएको मोनाल टेक नेपालको उदाउदो साइबर सुरक्षा स्टार्टअप कम्पनी हो ।  साइबर सुरक्षा र सफ्टवेयर क्षेत्रमा एक दशक बढी काम गरेका अनुभवी समूहले स्थापना गरेको मोनाल टेकले स्वदेश तथा विदेशका विभिन्न संघ संस्थालाई २४ सै घण्टा नेटवर्क, पूर्वाधार र डेटा सुरक्षामा काम गरिरहेको छ । यी सबै पुरस्कारको राशि एक-एक लाख रुपैयाँ रहेको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: