Loktantra Khabar National Weekly
Ad

भन्सार छलेर ल्याइएको भन्दै १०६ वटा कुखुरा रौतहट प्रहरीद्वारा नष्ट

लोकतन्त्र खबर
२० बैशाख २०८१

काठमाडौं  वैशाख २०, जिल्ला प्रहरी कार्यालय रौतहटले भन्सार छलेर अवैध रुपमा नेपाल ल्याएको भन्दै १ सय ६ वटा बोइलर कुखुरा नष्ट गरेको छ । साइकलमा लोड गरेर ल्याउँदै गरेको बोइलर कुखुरा बौधिमाई नगरपालिका-७ मा चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिए ।

अवैध रुपमा भारतबाट नेपाल कुखुरा ल्याउँदै गरेका व्यक्ति भने फरार भएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक गिरीका अनुसार नष्ट गरिएका ब्रोइलर कुखुराको नेपाली बजार मूल्य करिब १ लाख २७ हजार रुपैयाँ बराबरको छ । बुधबार नियन्त्रणमा ल्याइएको कुखुरा बिहीबार स्थानीय भद्रभलादमी र जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: