Loktantra Khabar National Weekly
Ad

रामेछाप उडेको सिता एयरको जहाज काठमाडौंमा आकस्मिक अवतरण

लोकतन्त्र खबर
१७ बैशाख २०८१

काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाज काठमाडौंमै आकस्मिक अवतरण गरेको छ।

सोमबार बिहान साढे ९ बजे काठमाडौंबाट रामेछाप उडेको सीता एयरको ९०६ उडान नम्बरको जहाजको २० मिनेटमै काठमाडौं फिर्ता गरिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।

उक्त जहाज विमानस्थलमा सुरक्षित अवतरण गरेको र सबै यात्रुहरू सकुशल रहेको उनले जानकारी दिए।

जहाजमा ११ जना यात्रु थिए।

महाप्रबन्धक निरौलाका अनुसार विमानको हाइड्रोलिकमा समस्या आएपछि पुनः काठमाडौं फर्किएर आकस्मिक अवतरण गरेको हो।

आकस्मिक अवतरण गरेपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्‍याइएको थियो।

हाइड्रोलिकमा समस्या आउँदा अवतरणको क्रममा विमानमा ब्रेक लगाउन कठिनाइ हुन्छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: