Loktantra Khabar National Weekly
Ad

कतारी राजाको सवारीले काठमाडौंको यातायात सेवा प्रभावित

लोकतन्त्र खबर
१२ बैशाख २०८१

काठमाडौं  वैशाख १२, नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको सवारीले गर्दा काठमाडौं उपत्यकाको यातायात सेवा प्रभावित बनेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा रहेका कतारी राजाको कारगेड हिंड्ने रुटमा अन्य सवारी साधनलाई प्रवेश दिइएको छैन ।

यसले गर्दा काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । उनको सम्मान र स्वागतका लागि मंगलबार सार्वजनिक बिदा नै दिइएको थियो ।

थानीले मंगलबार राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट भएको छ । कतारी राजा आज अपराह्न स्वदेश फर्किने कार्यक्रम छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: