Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा ५ स्थानिय तहले पाठ्य–पुस्तकको निकासा गर्न सकेनन्

लोकतन्त्र खबर
१० बैशाख २०८१

राजिव साह–
सर्लाही,बैशाख १०

सर्लाहीमा  ५ वटा स्थानिय तहले पाठ्य पुस्तकको निकास नगर्दा नयाँ शैक्षिकसत्रको पठनपाठन प्रभावित भएको छ ।

समुदायिक विधालयको विधार्थीहरुका लागी प्रति विधार्थी लागतको अधारमा कक्षा १ देखी १२ सम्म अध्यनरत विधार्थीहरु प्रभावित भएको छ ।

निशुल्क पाठ्यपुस्ताक अनुदान निकास नहुदा सर्लाहीको धनकौल गाउँपालिका ६हजार ७ जना,कविलासी न.पा. ११हजार एक सय १८ जना,चन्द्रनगर गा.पा.६ हजार एक सय १७ जना हरिपुर्वा न.पा.का ८हजार ५ सय ६३ जना र गोडैता न.पा.का १८हजार २ सय ६१ जना विधार्थी प्रत्यक्ष प्रभावित हुने   जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्रविधिक सहायक सुनिल कुमार कुश्वाहाले जानकारी दिनुभयो ।

बाकी १५ वटा स्थानीयतहले आइईएमआईएस को विधार्थी संख्याको सत्यापन गरी ७५ प्रतिशत विधार्थीका लागी निकासा गरेको छ ।

विधार्थी भर्ना अभियान पछि थप निकासा गर्न तयारी गरेको प्राविधिक सहायक कुश्वाहाले जानकारी दिए ।

सर्लाहीका २० वटा पालिकामा ४ सय ४२ सामुदायिक बिधालयहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: