Loktantra Khabar National Weekly
Ad

मलंगवा हुलाकी सडक अवलोकन छिटो काम सम्पन्न गर्न निर्देशन

लोकतन्त्र खबर
१० बैशाख २०८१

राजिव साह –
सर्लाही,वैशाख १०

मलंगवा भित्र पर्ने हुलाकी सडक बाधा अवरोधको स्थलगत भ्रमण गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रमुख टोली सोमवार बिहान अवलोकन गर्नु भएको छ ।

राजमार्ग र सहायक मार्ग मा रहेका बाधा अवरोध को स्थलगत- भ्रमण गर्न जिल्ला समन्वय समिती सभापति कौशल किसोर सिंह,,प्रमुख जिल्लाधिकारी कोमल प्रसाद धमाला सहित , स्थानीय जनप्रतिनिधि नागरिक समाजका अगुवाले त्रिभुवननगर देखि मलंगवा सम्मको बाटो अवलोकन गरीएको नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले जानकारी दिनुभयो ।

मलंगवा वडानं.१०,९ र ८ का वडाध्यक्षहरु समेत हुलाकी मार्ग को प्राविधिक/ईन्जिनीयर सबैलाई राखि बाकि काम छिटो भन्दा
छिटो गर्न गराउन निर्देशन दिएको छ ।

बाकी रहेको सडक नबनाउदाअहिलो उक्त वडा धुलोमयले स्थानीयबासी पीडित भएका छन् । सडकलाई लिएर केही दिन अघि स्थानीय युवाहरुले आन्दोलन समेत गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्: