Loktantra Khabar National Weekly
Ad

पर्सामा बिलभन्दा बढी हार्डवेयर तथा खुद्रा सामान बोकेको ट्रक नियन्त्रणमा

लोकतन्त्र खबर
७ बैशाख २०८१

काठमाडौं वैशाख ७ , जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजकभन्दा बढी हार्डवेयर तथा खुद्रा सामान बोकेको आरोपमा एउटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।

प्रहरीले बिहीबार राति करिब साढे ७ बजे ५८ लाख लाख ४१ हजार रुपैयाँ बराबरको सामान बोकेको ना ३ ख ३३२४ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बिलबिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु बोकेको माल वाहक ट्रक वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा ट्रक नियन्त्रणमा लिइएको जानकारी दिए ।

थापाले वीरगञ्ज २५, सिर्सियास्थित ट्रकलाई रोकेर जाँच गर्ने क्रममा ट्रकमा बिलबिजकभन्दा बढी सामान भेटिएको र बिलबिजक पनि शंकास्पद देखिएको बताए ।

उनले नियन्त्रणमा लिइएको ट्रक थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जानकारी दिए । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: