Loktantra Khabar National Weekly
Ad

बाँकेको बाहुबली हर्बल उद्योगमा आगलागी, आगो निभाउन भारतबाट पनि ल्याइयो दमकल

लोकतन्त्र खबर
६ बैशाख २०८१

बाँकेको हर्बल उद्योगमा आगलागी भएको छ।

बिहीबार बिहान ७ बजे जानकी गाउँपालिका-६ स्थित बाहुबली हर्बल प्रालिमा आगलागी भएको बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिए।

उद्योगको बाहिर सल्लाको काठ थुपारिएको गोदाममा आगलागी भएको उनले बताए। मुख्य गोदाम भने सुरक्षित रहेको डिएसपी डाँगीले जानकारी दिए।

अहिले आगो निभाउने काम भइरहेको उनले बताए।

‘आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। करिब ९० प्रतिशत आगो नियन्त्रणमा आइसकेको छ,’ उनले भने।

आगो निभाउन बाँके र बर्दियाका ११ वटा दमकल प्रयोग गरिएको र भारतबाट पनि दमकल ल्याइएको डिएसपी डाँगीले जानकारी दिए।

आगलागीबाट मानवीय क्षति नभएको र आगो नियन्त्रणमा आएपछि भौतिक क्षतिबारे थाहा उनले उनले बताए।

विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: