Loktantra Khabar National Weekly
Ad

प्राविधिकतर्फ डिआइजीमा अर्याल र गुरूङ बढुवा सिफारिस

लोकतन्त्र खबर
४ बैशाख २०८१

नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूहतर्फ दुई जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा गर्न सिफारिस गरिएको छ।

सोमबार बसेको बढुवा समिति सचिवालयको बैठकले दुई जनालाई विशेष पदमा बढुवा गर्न सिफारिस गरिएको हो।

इन्जिनियरिङ उपसमूह, सूचना प्रविधि/कम्प्युटरतर्फ नेपाल प्रहरीको साइबर ब्युरो प्राविधिक सहायता शाखामा रहेका ई. नविन्द अर्याललाई डिआइजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

त्यस्तै केनाइन उपसमूहतर्फ नेपाल प्रहरी केनाइन कार्यालयकी एसएसपी डा. देउती गुरूङलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

उनीहरूले साइबर ब्युरो र केनाइन शाखामा प्रमुखको रूपमा नै सम्हाल्दै आएका छन्।

गत चैत २२ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रहरीमा प्राविधिक तर्फका लागि डिआइजीको दुई विशेष पद सिर्जना गर्ने निर्णय गरेको थियो। बढुवा सिफारिस भएका अर्याल र गुरूङको कार्यकाल समाप्त भएसँगै ती पदपनि स्वत खारेज हुने गरी निर्णय गरेको थियो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: