Loktantra Khabar National Weekly
Ad

वैवाहिक बलात्कारका आरोपी निलम्बित न्यायाधीश गिरी कारागार चलान

लोकतन्त्र खबर
३ बैशाख २०८१

वैवाहिक बलात्‍कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरी कारागार चलान भएका छन्।

सोमबार जिल्ला अदालत काठमाडौंमा हाजिर भएका उनलाई अदालतले कारागार कार्यालय डिल्लीबजारमा चलान गरिएको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए।

गत चैत २१ गते सर्वोच्च अदालतका न्यायाधीशहरू हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गिरीलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो।

जिल्ला अदालत काठमाडौंले गिरीलाई धरौटीमा छाड्न आदेश दिएको थियो। उच्च अदालतले भने सोही आदेशलाई सदर गरेको थियो।

उच्च अदालतको आदेश बेरितको देखिएको भन्दै सर्वोच्चले बदर गरेको थियो।

पीडित महिलाले गिरीविरूद्ध वैवाहित बलात्कारको जाहेरी दिएकी थिइन्। उक्त मुद्दाका साथै सम्बन्ध बिच्छेदको मुद्दा विचाराधीन रहेको अवस्थामा कोठामा आएर गिरीले आफूमाथि बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएकी थिइन्।

गिरी कपिलवस्तुमा जिल्ला न्यायाधीश थिए। त्यही बेला उनकी श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन्। सोही जाहेरीमाथि अनुसन्धान भई मुद्दा अदालतमा दर्ता भएपछि गिरीलाई न्यायपरिषदले निलम्बन गरेको थियो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: